कपिल शर्मा शोमा फर्किदै सुनिल ग्रोवर ! फ्यानले भने, ‘अब आउनुस् डाक्टर साब’
मुम्बई– कमेडियन कपिल शर्मा र सुनील ग्रोवरले पछिल्लो केही बर्ष एकसाथ कमेडी मार्फत दर्शकको मनमा राज गरे । यी दुबै कमेडियनका अलग–अलग अन्दाज दर्शकले रुचाए । दुबैले एकसाथ मिलेर दर्शकलाई निकै मनोरञ्जन समेत दिलाए ।
कपित त अहिले पनि ‘द कपिल शर्मा शो’ मार्फत दर्शक हँसाइरहेका छन् । तर शोमा सुनील भने छनन् । तर दर्शकले शोको गोल्डेन समय भने कपिल शर्मा कप्पुको भूमिका र सुनील ग्रोवर रिंकु भाभी र डाक्टर महशुर गुलाटी बनेर देखिएको समय नै मान्ने गरेका छन् ।
एक मनमुटावले कपिल र सुनिलका बीच निकै दुरी पैदा गरिदियो । उनीहरु अलग भए । तर कपिल र सुनिलका फ्यान भने दुबैलाई फेरि एकसाथ हेर्न चाहान्छन् । यसै समय सुनिलले एक ट्वीटमार्फत दर्शकको शो आशा जगाएका छन् । जसलाई कपिल शर्मा शोमा उनको वापसीको इसारा समेत मानिएको छ ।
‘सबै मिल्न सक्छ । केही पनि हमेसाका लागि रहँदैन । त्यसैले हमेशा दोस्रोसँग आभारी रह्यो । यही मुल मन्त्र हो । धेरै हाँस्नुहोस् ।’ उनले ट्वीटमा लेखदेका छन् । सुनिलको यो ट्वीटलाई धेरैले उनले कपिल शर्मा शोमा फर्किने मन बनाएको अनुमान लगाएका छन् ।
यो ट्वीटमा कयौं फ्यानले सकारात्मक कमेन्ट समेत गरेका छन् । एक फ्याले लेखेका छन् ‘मलाई लाग्छ । सुनिल फर्किन लागेका छन् । यो एक इसारा हो ।’ अर्का एक फ्यानले लेखका छन् ‘सुनिल सर तपाइँको एक्ट्सको धेरै मिस गर्छु ।’
अर्का एक फ्यानले कमेन्टमा अब त आउनुस् डाक्टर साब भनेर समेत आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण