आलियासँगको किस सिनका कारण सलमानले छोडे भन्सालीको फिल्म
मुम्बई– केही अगाडि फिल्म इन्सा अल्लाह घोषणा भएको थियो । लगतै उक्त फिल्मका लागि मुख्य कलाकार अभिनेता सलमान खान र अभिनेत्री अलिया भट्ट फाइनल भए ।
फिल्ममा सलमान र आलियाको जोडी रहने भएपनि दुबैका फ्यान खुसी नहुने त कुरै भएन नि । तर अहिले सलमान खानले फिल्म छोडेको खबर बाहिरिएको छ । आगामी नयाँ बर्षको इदमा रिलिज बताइएको फिल्म सलमानले छोडेको खबरले उनका फ्यान दुखी भएका छन् ।
सलमानले फिल्म छोड्नुको पछाडी निर्देशक सञ्जय लीला भन्सालीसँगको मनमुटावको खबर बाहिर आएको थियो । तर अहिले सलमानले फिल्म छोड्नुको कारण निर्देशक भन्साली नभएर आलिया भएको खबर बाहिर आएको छ ।
खबरका अनुसार आलिसँग इन्टिमेट सिन भएका कारण सलमानले फिल्म छोडेका हुन् । किनभने सलमानले फिल्मका लागि आलियासँग किश गर्न इन्कार रहेका थिए । हुन त सलमानले फिल्मबाट लिप लोेप किस सिन हटाउन अनुरोध पनि गरेका थिए । तर निर्देशक भन्सालीले उनको प्रस्ताव अस्वीकार गरेका थिए ।
यस अगाडि सलमानले २० बर्ष पहिले भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’मा काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण