नेपाल वायुसेवा निगम सुधारका लागि १३ बुँदे प्रतिवेदन : ‘पब्लिक लिमिटेड’का रुपमा सञ्चालन गर्न सुझाव
काठमाडौँ– नेपाल वायुसेवा निगम सुधार्न गठित समितिले निगम सुधारका लागि १३ बुुँदे प्रतिवेदन बुझाएको छ । समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई निगमसुधारका लागि सुझाव प्रतिवेदन बुझाएको हो ।
पूर्व सचिव शुशील घिमिरे नेतृत्वको ५ सदस्यीय समितिले तयार पारेको प्रतिवेदन बुझ्दै मन्त्री भट्राईले समितिको प्रतिवेदन अधययन गरेर तत्काल कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए ।
प्रतिवेदनमा निगम आर्थिक रुपमा धरासायी भएकाले पब्लिक लिमिटेडमा लैजान सुझाव दिइएको छ । जसमा सरकार र पब्लिकको समेत लगानी हुनेछ । त्यस्तै प्रतिवेदनमा निगमले प्रतिस्पर्धा गर्न नसक्नुमा आर्थिक रुपमा कमजोर हुनुका साथै वित्त व्यवस्थापन प्रणाली कमजोर बनेको, वित्तीय संरचनामा परिवर्तन जरुरी रहेको, ऋण महंगो व्याजदरमा लिएको, व्यवस्थापकीय पुनर्संरचना आवाश्यक देखिएको, संस्थागत पुर्नसंरचनामा विमान उडान तथा व्यवस्थापनमा कमजोर देखिएको लगायत छन् ।
त्यस्तै विगमसँग थरिथरिका विमान भएकाले मर्मत लगायतमा खर्च बढेको, जहाजसंख्या थोरै भएको, भएका जहाज पनि अधिकांश ग्राउण्डेड हुने गरेको, निगमका ६ वटा जहाजबाट मात्रै गत आर्थिक बर्षमा ९१ करोड रुपैयाँ घाटा बेहोरेको उल्लेख छ ।
प्रतिवेदन बुझ्दै मन्त्री भट्टराइले प्रतिवेदन मनत्रालयको वेभसाइडमा राखेर त्यसमा सर्वसाधारण र अन्य विज्ञको समेत सुझावलाई ध्यानमा राखेर कार्यन्वयनमा जाने बताए । मन्त्री भट्टराइले पर्यटन मन्त्रालय सम्हालेको पहिलो साता नै निगम सुर्धान सुझाव दिन ५ सदस्यीय समिति गठन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण