माछापुच्छ्रे बैंकका ग्राहकलाई असोज महिनाभर छुटै छुटको वहार
काठमाडौं– माछापुच्छ्रे बैंकले १९ औ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न १९ प्रकारका छुट योजनाहरु ल्याएको छ । बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुच्छ्रे महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको छ ।
यसवर्ष पनि बैंकले बैंकिङ्ग कारोबार शुरु गरेकोे १९ वर्ष पुरा गरी २० औं बर्षमा प्रवेशको उपलक्ष्यमा असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको हो । बैंकले ग्राहक महानुभावहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गर्नेछ भने डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क रुपमा खोलि दिनेछ ।
त्यस्तै माछापुच्छ्रे महोत्सव अन्र्तगत देशभरका भाटभटेनी सुपरमार्केटहरुमा माछापुच्छ्रेको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामानहरु खरीद गर्दा १० प्रतिशत सम्मको क्यास व्याक अफर सुविधा प्रदान गर्नेछ ।
योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा वढिको समूहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर÷युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ ।
बैंकले प्रदान गर्ने विभिन्न सुविधाहरुको भरपुर फाईदा उठाउन इच्छुकहरुले आफ्नो नजिकको शाखामा गई माछापुच्छ्रे महोत्सवमा सहभागी हुन सक्नेछन् ।
स्थापनाको २० वर्षमा आईपुग्दा बैंकले पूर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १३७ वटा शाखाहरु, १२८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २६५ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
साथै, बैंकको देशभर १६० वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण