प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री निवास भवनको शिलान्यास
बिहीबार, ०२ असोज २०७६, १४ : ०८
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासको बालुवाटारमा आज शिलान्यास गरेका छन् । साविककै निवास रहेको ठाउँमा अत्याधुनिक नयाँ भवन नौ महिनामा निर्माण सम्पन्न भइसक्ने गरी आज शिलान्यास भएको हो । पहिला बनेको भवन राज्य सञ्चालनका लागि उपयुक्त नभएकोले पनि नयाँ भवनको आवश्यकता परेको प्रधानमन्त्री ओलीले बताए ।
‘देशको शासन, प्रशासन, विकास निर्माण परामर्श, कुटनीति सम्बन्धलाई प्रभावकारी बनाउनका लागि पनि अत्याधुनिक भवनको आवश्यकता थियो’ प्रधानमन्त्री ओलीले भने, ‘अब निर्माण हुने भवनले शताब्दीसम्म नेपालका प्रधानमन्त्रीको त्यो आवश्यकता पुरा गर्नेछ ।’ करिब ३० करोड लागतमा प्रधनमन्त्री निवास निर्माण हुने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण