पूर्वछापामार बने सहायक रथी
सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी‘प्रतीक्षा’ लाई सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा गरेको छ ।
बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सोको जानकारी दिएका हुन् ।
मन्त्री बाँस्कोटाकाअनुसार महासेनानी अधिकारीलाई सरकारले सहायक रथी विशेष पद (चार वर्षका लागि)सिर्जना गरी सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको होे ।
अधिकारीलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो ।
शान्ति प्रक्रियाको केही काम अझै टुंगोमा पुग्ने अवस्थामा रहेकाले मनोबल गिर्न नदिन सरकारले यस्तो निर्णय गरेको बुझिएको छ । यो समाचार नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अर्बभन्दा बढी बजेटका परियोजनाको अब नियमित अनुगमन हुने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक