नगरपालिकामा कुकर बम राखेको आरोपमा विप्लव समुहका महोत्तरी सेक्रेटरी पक्राउ
शुक्रबार, ०३ असोज २०७६, ११ : ०६
निकेश खनाल
बर्दिवास । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका महोत्तरी जिल्ला सेक्रेटरी भीम बहादुर आलेलाई महोत्तरी प्रहरीले बिहीवार राति पक्राउ गरेको छ ।
उनलाई गौशाला नगरपालिका वडा नं. ८ मा रहेको आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
आलेलाई विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइने मोत्तरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए ।
अहिले उनलाई ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको बताईएको छ ।
विगत केही समयअघि बर्दिवास नगरपालिकामा कुकर बम राखेको आरोप उनमाथि छ ।
सोहि मुद्दामा डेढ महिना अघि महोत्तरीका इन्चार्ज रुक बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण