फष्टलुकमा यस्तो देखियो ‘माया पिरिम’
काठमाडौं– अभिनेता कोशिश क्षेत्री र अभिनेत्री अञ्जली अधिकारीको रोमान्स रहेको फिल्म ‘माया पिरिम’को फष्टलुक सार्वजनिक भएको छ । आगामी मंसिर २० गतेबाट प्रदर्शनमा आउने यो फिल्मले चलचित्र फष्टलुकको रुपमा दुई पोष्टर बाहिर ल्याइएको छ ।
दुईमध्ये एक पोष्टरमा हिरो हिरोइनको प्रेम झल्किएको छ । भने, अर्काे कमर्सियल तवरले तयार पारिएको छ । प्रेमकथामा बनेको फिल्मका निर्देशक टेक पौरखी राई हुन् । प्रविण थापा र सविन अधिकारीको निर्माण, सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सहनिर्माताको रुपमा मोहन मरासैनी र युवराज दाहाल रहेका छन् ।

कोशिश क्षेत्री, सलोन बस्नेत, किरण चन्द, अन्जली अधिकारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, अनुपमा भण्डारी, विशाल पहाडी, टेक पौरखी राई, सागर बस्नेत लगायत कलाकारको फिल्ममा अभिनय समेटिएको छ ।
निरज कँडेलको छायाँकन, जीवन थापाको सम्पादन, श्री श्रेष्ठको द्वन्द, कोशिश क्षेत्रीको संगीत, शिशिर खातीको कोरियोग्राफी फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
-
गोरखामा मरुवा सङ्क्रमणले चैते धानमा क्षति
-
वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्छाैँ : मन्त्री गौतम
-
दुई आईजी अमेरिका प्रस्थान
-
दलाई लामाको जन्मदिनमा औपचारिक कार्यक्रम र जुलुस गर्न नदिने सुरक्षा समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण