षडानन्द नगरपालिकामा बम विस्फोट
शुक्रबार, ०३ असोज २०७६, १६ : ४९
भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले आज बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो । कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीमगरले बताए ।
विस्फोटन भएको ठाउँमा ‘दलाल पूँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको नेत्रविक्रम चन्द समूहकोे पर्चा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । त्यस्तै नगरपालिकाको ग्यारेज छेउमा शङ्कास्पद वस्तु पनि फेला परेकाले त्यसलाई डिस्पोजनका लागि सङ्खुवासभाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन