मधेश अलग ‘देश’ हुनसक्ने महन्थ ठाकुरको चेतावनी
जनकपुर– राजपा नेपालका पूर्व संयोजक महन्थ ठाकुरले अब पनि संविधान संशोधन नगरे मधेश अलग देश हुनसक्ने चेतावनी दिएका छन् । शुक्रवार जनकपुरमा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा नेता ठाकुरले मधेशको हक अधिकारका लागि राज्यले बेवास्ता गर्दै आएकाले सरकारलाई सचेत र गम्भिर हुन आग्रह पनि गरे । ‘मधेशी, थारु, आदिवासी जनजातिका अधिकार खोसिएका छन् । अहिलेको संविधान हाम्रो होइन, यस्तै रहेमा हामी मधेशलाई अलग देश पनि बनाउन सक्छौँ’ ठाकुरले चेतावनी दिए ।
नेपालको संविधान २०७२ मा जनताको अवधारणा : राष्ट्रिय बहस र मन्थन विषयक कार्यक्रममा सम्बोधन गर्दै २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबू राउतले वर्तमान संविधान मधेशी, उत्पीडित, दलित, महिला,मुस्लिम लगायतलाई समावेश नगरेकाले सर्वस्वीकार्य नरहेको बताए ।
उनले सर्वस्वीकृत संविधान बनाउन हरेक वर्गको भावना समेट्दै संविधान संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको भन्दै समयमै संशोधन नगरे केन्द्र सरकारले ठुलै मूल्य चुकाउने चेतावनी दिए । मुख्यमन्त्री लालबाबु राउत संविधान दिवसका अवसरमा आफंैले घोषणा गरेको कार्यक्रम छोडेर गैरसरकारी संस्थाले गरेको संविधानविरोधी कार्यक्रम गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण