राजतन्त्र ब्यूँताउने सपना देखेर नसल्बलाउन उपप्रधानमन्त्रीको चेतावनी
काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजतन्त्र ब्यूँताउने सपना देखेर नसल्बलाउन चेतावनी दिएका छन् । उनले जनताले मिल्काइसकेको राजतन्त्र कहिल्यै नब्युँतिने बताए ।
“जनताको बलिदान र त्यागले प्राप्त नेपालको संविधान विश्वकै उत्कृष्ट छ”, मन्त्री पोखरेलले भने, “मिल्काइसकेको राजतन्त्रको सपना देखेर अब कोही नसल्बलाए हुन्छ ।”
आज झापाको विर्तामोडमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आयोजना गरेको पाँचौँ संविधान दिवस कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले जनताबाट निर्वाचित भएका ९० प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको संविधानको कार्यान्वयनमा सरकार दृढतापूर्वक अघि बढेको बताए । उनले भ्रष्टाचारलाई पनि सरकारले नसहने प्रष्ट पारे । उनले भने, “भ्रष्टाचारीको जालो अब धेरै दिन टिक्दैन, सरकारले उनीहरुलाई छाड्ने छैन ।”
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले झापा राजनीतिक जागरणको केन्द्रविन्दु रहेकाले जनतालाई भड्काएर आफ्नो अभिष्ट पूरा गर्न गणतन्त्र विरोधी यहीँबाट सल्बलाउन थालेको बताए ।
कार्यक्रममा १ नम्बर प्रदेशका इञ्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य सुरेन्द्र कार्की, सांसदहरु धर्मशीला चापागाईं, जसमाया गजमेरलगायतले संविधान दिवसमा शुभकामना व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण