संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश
बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग सहयोग र साझेदारी गहिरिँदै गएको बताएका छन् । उनले नेपालको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोनबाट शुभकामना सन्देश दिने क्रममा यस्तो धारणा राखेका हुन् ।
निकट भविष्यमै नेपाल आउने अपेक्षा गरिएका चिनियाँ राष्ट्रप्रमुखको नेपाली समकक्षीसँग विरलै फोनवार्ता हुने गरेकामा यसलाई अर्थपूर्ण मानिएको छ ।
चिनियाँ सञ्चार माध्यमका अनुसार राष्ट्रपति सीले दुई देशको सम्बन्ध विकासमा चीनले उच्च ध्यान दिएको बताउँदै राष्ट्रपति भण्डारीसँग मिलेर चीन–नेपालबीच सहयोग र साझेदारीलाई अझै गहन पार्ने उल्लेख गरे ।
यस्तै चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बीआरआई) को अवसर छोपेर चीन र नेपालबीचको सहकार्यलाई तीव्र बनाउन चाहेको बताएका छन् । नेपालको राष्ट्रिय दिवसमा प्रधानमन्त्री केपी ओलीलाई पठाएको शुभकामना सन्देशमा उनले भनेका छन्, ‘नेपालका प्रधानमन्त्रीसँगै मिलेर बीआरआईको प्रारूपमा चीन–नेपाल सहयोगको चौतर्फी विकासलाई अघि बढाउन इच्छुक छौं ।’कान्तिपुर दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण