सिपी गजुरेलको आरोप : ‘प्रधानमन्त्री ओली अरिङ्गाल इन चीफ बने’
काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार फाँसीवादी बाटोमा हिडेको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा भएको हिन्द प्रशान्त रणनीति र नेपाल विषयक कार्यक्रममा नेता गजुरेलले सरकारले केही गर्न नसकेपछि चौतर्फी आरोपको सामना गर्नुपरेको बताए ।
पार्टीबाहिर र पार्टीभित्रै पनि विरोध हुन थालेपछि त्यसलाई दमन गर्न सरकार लागिपरेको उनको अरोप छ । नेता गजुरेलले विरोध सामना गर्न नसकेपछि सरकारले आफ्ना अरिङ्गाल परिचालन गरेको बताए । उनले अहिले जनताले चुनावमा सरकारको दललाई भोट हालेकोमा पछुतो मान्न लागेको बताए ।
उनले भने, ‘डबल नेकपा भित्रैबाट कामको विरोध हुन थालेपछि विरोध सहन नसकेर सरकार फासीवादी बाटोमा हिंडेको छ । एउटा पार्टीलाई त प्रतिबन्द्ध नै लगाइसक्यो । उनीहरुले प्रतिबन्ध लगाउनुको कुतर्क विप्लवले मलाई मार्न मान्छे पठाए भनेर पनि भने । प्रधानमन्त्रीलाई सुरक्षा नपुगेको भए भद्रकालीको जंगी अड्डामा गएर शासन चलाए हुन्छ । सिंगापुरबाट पनि चलाएकै हो । प्रचण्डसँग अहिले १ कम्पनी सुरक्षाकर्मी छन् । त्यसले पनि नपुगेको अर्को कम्पनी थपे हुन्छ ।’
नेता गजुरेलले सरकारले संविधान दिवस मनाउन उर्दी जारी गरेर पञ्चायतको शैलीको अभ्यास गरेको आरोप लगाए । उनले प्रधानमन्त्री ओली ‘अरिङ्गाल इन चिफ’ बनेको बताउदै टिभीमा सरकारलाई गाली ग¥यो भनेर जिल्ला प्रवेश रोक लगाउने काम फाँसीवादको अभ्यास गरेको बताए ।
उनले जनताले विकास गर्न भनेर सरकारमा पठाएपनि सरकारले भने अरिङ्गाल पठाउन थालेको बताउँदै अब सडक आन्दोलनको आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण