भारतबाट तस्करी गरेर ल्याइएको (ब्रा) बरामद
शनिबार, ०४ असोज २०७६, २१ : ०३
काठमाडौं – भारतबाट तस्करी गरेर ल्याइएको कपडा (ब्रा) प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले तीन सय असी केस ब्रा बरामद गरेको हो ।
शनिबार प्रहरी नेपाल–भारत चाकर चौडा नाकाबाट उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी प्रवक्ता सुनिल मल्लले जानकारी दिए ।
प्रहरीलाई देखेपछि ब्राको केस छोडेर दुईजना भारतीय नागरिक भारततर्फ भागेको डीएसपी मल्लले बताए ।
उनका अनुसार १२ वटा केस ब्रा बरामद गरेको हो । १२ वटा केसमा चार हजार पाँचसय साठी पिस ब्रा रहेको र एउटा ब्रा बराबरको मूल्य १५० पर्ने र त्यसको मूल्य ६ लाख चौरासी हजार पर्न आउँछ ।
बरामद गरिएको सामान भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको डीएसपी मल्लले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण