लेईपजिज र बायर्नको सहज जित
जर्मन बुन्डेस लिग फुटबलमा शीर्ष टोली लेईपजिज र साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेका छन् । शनिबार राति भएको खेलमा लेईपजिजले वेरडर ब्रेमेनलाई उसैको मैदानमा ३–० गोलले हरायो । अर्को खेलमा बायर्नले १० खेलाडीमा सिमित एफसी कोल्नलाई ४–० गोलले पराजित गर्यो ।
लेईपजिजको जितमा विली अर्वानले १३औं मिनेटमा सुरुवाती गोल गरे । मार्सल सविट्जरले ३५औं र मार्सेलो साकाक्चीले ८३औं मिनेटमा गोल गरेका थिए । जितसँगै पाँच खेलबाट १३ अंक बनाएको लेईपिजिज शीर्ष स्थानमा उक्लिएको छ । ६ अंक बनाएको वेरडर ब्रेमेन १०औं स्थानमा छ ।
यसैगरी घरेलु मैदानमा बायर्नलाई जितान रोबर्टो लेवान्डोस्कीले खेलको तेस्रो र ४८औं मिनेटमा दुई गोल गरे । फिलिप कोउटिन्होले ६२औं मिनेटमा पेनाल्टी मार्फत तेस्रो गोल गरेका थिए । इभान पेरिसिचले ७३औं मिनेटमा अर्को गोल गर्दै बायर्नलाई सहज जित दिलाएका थिए ।
५९औं मिनेटमा किङ्सले रातो कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको एफसी कोल्नले खासै प्रभाव देखाउन सकेन । जितसँगै दोस्रो स्थानमा रहेको बायर्नले ११ अंक बनाएको छ । तीन अंक बनाएको एफसी कोल्न १६औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण