देवघाटमा वृद्धग्राम बनाइने
चितवन – देवघाट क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको वृद्धाश्रमलाई वृद्धग्रामको रुपमा अगाडि बढाउने तयारी भएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलकाअनुसार वृद्धाश्रमलाई वृद्धग्राम बनाउनका लागि नवलपुरको गैँडाकोट नगरपालिका, तनहूँको देवघाट गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका तथा तीनवटै जिल्लाका प्रतिनिधिसभा सदस्य सकारात्मक देखिएका छन् ।
अध्यक्ष पौडेलले वृद्धाश्रम सुन्दर, सफा र रमणीय हुनुपर्छ भनेर काम अगाडि बढाइएको बताए । देवघाट क्षेत्रमा अनाथ व्यक्ति मात्रै बस्ने ठाउँ नभएको उल्लेख गर्दै उनले देवघाटलाई जीवनको उत्तराद्र्ध समयमा आनन्दको जीवन बिताउने ठाउँका रुपमा विकास गरिने बताए ।
देवघाटको समग्र विकासका लागि गण्डकी प्रदेश सरकार र ३ नम्बर प्रदेश सरकारसमेत सकारात्मक रहेका उनको भनाइ छ ।
गैँडाकोटका नगरप्रमुख छत्रराज पौडेलले देवघाटको धार्मिक र ऐतिहासिक महत्वको बारेमा प्रचार गर्न सकेको अवस्थामा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन हुने बताए ।
भ्रमण वर्ष २०२० लाई सफल पार्नसमेत देवघाटको धार्मिक महत्वका बारेमा अन्तर्राष्ट्रियस्तरमा जानकारी गराउनुपर्नेमा उनको जोड थियो । समग्र देवघाट क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
चितवन क्षेत्र नम्बर २ का सांसद एवं कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले देवघाटको गुरुयोजनाअनुसार काम अगाडि बढाउन केन्द्रीय तहमा छलफल चलाइएको बताए ।
आगामी १० वर्षभित्रमा गुरुयोजना पूरा गर्ने गरी आर्थिक स्रोत जुटाउनका लागि तीनै जिल्लाका स्थानीय सरकार, दुवै प्रदेश सरकार र केन्द्र सरकारसँग पहल गरिने उनको भनाइ छ ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरेनबाबु घिमिरेले देवघाटमा सरकारीसहित तीन ठूला वृद्धाश्रम रहेका बताए ।
त्यस्तै जीवनको उत्तराद्र्धमा देवघाटमा एक हजार पाँच सय भन्दा बढीले कल्पवास बस्ने गरेका घिमिरेको भनाइ छ । सो क्षेत्रमा सरकारी तवरबाट समेत ५० कल्पवास कुटी निर्माण भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण