चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा
सोमबार, ०६ असोज २०७६, १३ : ०२
काठमाडौँ– चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का विदेश विभाग प्रमुख सोङ ताओ नेतृत्वको टोली नेपाल आएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणमा सोमबार नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टीको टोली र नेकपाबीच संयुक्त अन्तरक्रिया हुँदैछ । आजबाट सुरु हुने उक्त अन्तरक्रियामा सहभागी हुन सोङ्ताओ नेतृत्वको टोली नेपाल आएको हो ।
चिनियाँ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्कुल विभाग उपप्रमुख डा.बेदुराम भुषाल र विदेश विभाग उपप्रमुख विष्णु रिजालले स्वागत गरेका थिए । यसैबीच चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच मंगलबार एक समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण