नेकपालाई ताओको सुझाव : आत्मक्रान्ति र शुद्धिकरणमा जोड देऊ
काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले नेपालका कम्युनिस्टसँग वैचारिक छलफल गर्न हिमाल पार गरेर आएको बताएका छन् । सोमबार काठमाडौँको होटल याक एन्ड यतीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको प्रशिक्षण क्रममा विदेश विभाग प्रमुख ताओले नेकपाले जबज र २१ औँ शताब्दीको जनवाद शान्तिपूर्ण रुपान्तरणको बाटो भएको बताए ।
उनले भने, ‘केही वर्ष यता नेकपाले पनि जबज र २१ औँ शताब्दी को जनवाद भनेको छ, यो शान्तिपूर्ण रुपान्तरणको बाटो नै हो । सी विचारले पनि शान्तिपूर्ण विकास गर्दै जनतालाई अगाडि बढाउछ।’
विदेश विभाग प्रमुख ताओले नेकपालाई आफ्नो क्षमता बढाउन र शुद्धिकरणमा जोड दिन सुझाव दिए । उनले भने ‘हामी आत्मक्रान्ति र शुद्धिकरण चाहन्छौं, कम्युनिस्ट पार्टी र अरुमा फरक के छ भने यसले जनताको हितमात्र हैन आफ्नो क्षमता बढाउने र शुद्धिकरणमा जोड दिन्छ ।’
नेपाल विशेषतायुक्त भूराजनीतिक क्षेत्र भएका कारण आफूहरु बीरआरआई प्रोजेक्ट लिएर आएको विदेश विभाग प्रमुख ताओको भनाइ थियो । ‘नेपाल साउथ एसियामा विशेषतायुक्त भू–राजनीतिक क्षेत्र हो’, विदेश विभाग प्रमुख सोङले भने, ‘त्यसैले हामीहरु बीआरआई पोजेक्ट लिएर आएका हौँ।’
उनले चीन काठमाडौँमा आएर सिकाउन र सँगै काम गर्न तयार रहेको बताए। ‘हामी समावेशी र आपसी हितयुक्त काम गर्नेछौँ । सी जिनपिङले नेपालसँग हातमाहात मिलाएर काम गर्न चाहन्छन्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण