नागरिक उड्डयन प्राधिकरणः सवा अर्ब बोनस बाँड्न चलखेल
एक दशकदेखि अर्थ मन्त्रालयको दबाबमा कर्मचारीलाई बोनस रकम बाँड्न नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अहिले मन्त्री फेरिएसँगै फेरि सोही प्रयोजनका लागि चलखेल सुरु गरेको छ ।
योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भए लगत्तै कर्मचारीलाई एक अर्ब २६ करोड रुपैयाँ बोनस वितरण गर्न चलखेल सुरु भएको हो ।
आर्थिक वर्ष २०६८÷०६९ देखि नाफामा गएको प्राधिकरणले बोनस वितरणका लागि एक अर्ब २६ करोड रुपैयाँ छुट्याएको छ ।
‘नयाँ मन्त्री आएपछि बोनस वितरणसम्बन्धी फाइल फेरि खोलिएको छ’ क्यानका एक उच्च अधिकारीले नागरिकसँग भने, ‘नयाँ मन्त्रीलाई मनाएर अर्थसँग सहमतिका लागि प्रयास गर्ने सहमति कर्मचारीबीच बनेको छ ।’ बोनस वितरण गर्ने निर्णय सञ्चालक समितिबाट पारित गराउनुपर्ने कानुनी व्यवस्था छ । यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण