बिग बसको लञ्चिङमा फोटोग्राफरमाथि भड्किए सलमान खानः भने, ‘ममाथि प्रतिबन्ध नै लगाउ’
विवादित कार्यक्रम ‘बिग बस’ को १३ औं सिजनको लञ्चिङ कार्यक्रम सोमबार मुम्बईमा आयोजना गरियो । यतिबेला सलमान खानले मिडियासँग कुराकानी गरेर कार्यक्रमबारे जानकारी दिए । कार्यक्रमका थुप्रै भिडियो सोसल मिडियामा सार्वजनिक भएका छन् जसमध्ये एकमा सलमान एक फोटोग्राफरसँग बहस गरिरहेको देखिएका छन् । भिडियोमा उनले फोटोग्राफरलाई निकै रिसाएर भनेका छन्, ‘यदि मसँग समस्या छ भने, ममाथि प्रतिबन्ध नै लगाउ ।’
स्पटबोयका अनुसार सलमान स्टेजमा आउँदै गर्दा ती फोटोग्राफरले सलमानको बाटो छेकेर फोटो खिच्न लाग्दा उनी रिसाएका थिए । त्यसपछि सलमान स्टेजमा पुग्नेबित्तिकै उनीमाथि रिस पोखिहाले । सलमानले प्रेसका अन्य व्यक्तिलाई पनि ती पत्रकारको विषयमा केही निर्णय लिनका लागि आग्रह गरे ।
बिग बसको १३ औं सिजनको प्रिमियर २९ सेप्टेम्बर आइतबार ९ बजे हुनेछ । सोमबादेखि शुक्रबार यो कार्यक्रम राती साढे १० बजे प्रशारण हुनेछ । विकेन्डमा अर्थात् शनिबार र आइतबार यो राती ९ बजे प्रशारण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण