सजिलो प्रश्नको उत्तर दिन नसकेकी सोनाक्षी सिन्हालाई एक मन्त्रीले रिसाएर भने, ‘धन पशु’
बलिउड नायिका सोनाक्षी सिन्हा हालै राजस्थानकी रुमा देवीको मद्दतका लागि ‘कौन बनेगा करोडपति’ मा पुगेकी थिइन् । त्यहाँ उनी रामायण सम्बन्धि प्रश्न ‘हनुमानले कसका लागि संजिवनी बुटी लिएर आएका थिए’ को जवाफ लाइफलाइन नलिईकन दिन सकिनन् । त्यसपछि उनी सोसल मिडियामा अत्यधिक ट्रोल भइन् । अब उत्तर प्रदेशका मन्त्री सुनिल भरालाले सोनाक्षीमाथि रोष व्यक्त गरेका छन् । भरालाले उनलाई धन पशु भनेका छन् ।
युपी सरकारमा क्याबिनेटमन्त्रीको दर्ता प्राप्त भराला श्रम कल्याण परिषदका अध्यक्षको रुपमा कार्यरत छन् । उनले सोनाक्षीमाथि भडास निकाल्दै आफ्नो वक्तव्यमा भने, ‘आधुनिक समयमा यी मानिसहरु पैसाको पछाडिमात्रै दौडन्छन् । उनीहरुलाई पैसा कमाउने र आफूमाथि खर्च गर्नेमात्रै ध्याउन्नँ हुन्छ । उनीहरुलाई इतिहास र भगवानबारे केही जानकारी छैन । उनीहरुसँग सिक्ने समय नै छैन । योभन्दा दुःखको कुरा केही हुन सक्दैनँ ।’
अमिताभ पनि अचम्ममा थिएः
जब सोनाक्षी प्रश्नमा अड्किइन् र उनले लाइफलाइनको सहारा लिनुपर्यो तब अमिताभ बच्चन पनि अकमक्कमा थिए । उनले जवाफ लक हुँदा अचम्मित हुँदै भनेका थिए, ‘यो निकै अचम्मको हो कि सोनाक्षीलाई रामायाणसम्बन्धि सजिलो प्रश्नको सही जवाफ थाहा छैन जबकी उनी जुन घरमा बस्छिन्, त्यसको नाम रामायण हो, उनका पिता शत्रुघ्न हुन्, सोनाक्षीका आफ्नै भाइहरुको नाम लव र कुश हो ।’
गल्ती स्विकार्नुको साटो हाँसिरहेकी थिइन् सोनाक्षीः
जब सोनाक्षीलाई सोशल मिडियामा ट्रोल गरियो तब उनी आफ्नो गल्ती स्विकार गर्नुको साटो हाँसिरहेकी थिइन् । उनले ट्वीटरमाथि प्रतिक्रिया जनाउँदै लेखेका थिए, ‘प्रिय, जागा भएका ट्रोल्स । मलाई पाइथागोरस प्रमेय, मर्चेन्ट अफ वेनिस, पिरियोडिक टेबल, मुगलको वंशावली र के के याद छैन, त्यो पनि याद छैन । यदि तपाईंसँग काम छैन र यति समय छ भने कृपया योमाथि पनि मीम्स बनाउनुस् न । मलाई मीम्स मनपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ
-
आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
-
ट्रम्पले पारित गरे साउदीले युरेनियम प्रशोधन गर्न सक्ने आणविक सम्झौता
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
