पशु सेवा विभागले जब ‘स्वस्थ मासु’ भन्दै गाईको फोटो राख्यो !
काठमाडौँ– कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आम जनतालाई स्वच्छ र स्वस्थ मासु खान सचेत गराउन तयार पारिएको ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने सरकारको लोगो सहितको प्रचार सामग्रीमा राष्ट्रिय जनावर गाईको समेत तस्वीर पर्न गएकोमा क्षमायाचनासहित सच्चाएको जनाएको छ । गाईलाइ मासुजन्य जनावरको रुपमा प्रचार गरेको प्रति राप्रपाले आपत्ति जनाएको थियो ।
‘दशैं लक्षित प्रचार सामग्रीमा हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाईको तस्बिर संलग्न गरिनु दुःखद र दुर्भाग्यपूर्ण छ । धार्मिक आस्था जस्तो संवेदनशील विषयमा अक्षम्य त्रुटी गरिनु सामान्य विषय किमार्थ हुन सक्दैन ।
यो नियतवश वा भुलवश के हो भन्ने बारेमा अबिलम्ब छानबिन गरि दोषीलाई कडा कारबाही गर्न सरकारसँग राप्रपा माग गर्दछ’, राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विभागद्धारा क्षमायाचना
यसैबीच पशु सेवा विभागले त्रुटि भएको स्वीकार गर्दै क्षमयाचनासहित पोस्टर सच्याइसकेको र सम्बन्धित निकायमा पत्रचार समेत गरिसकेको जनाएको छ । विभागका महानिर्देशक डा. वशी शर्माले पोष्टरमा छपाइको त्रुटिका कारण गाइको तस्वीर पर्न गएको स्वीकार्दै सरोकारवालाहरुको गुनासोलाई मध्यनजर गरी सच्याइसकेको बताए ।

विभागका महानिर्देशक शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय पशु सेवा विभाग राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालाको बा २ झ ३८११ नम्बरको मोवाइल भ्यानमा त्यस्तो तस्वीर टाँसेको पाइएपछि तत्काल सच्चाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण