अपहरणमा परे मलाई बचाउनुस् भन्दै डिएसपीलाई फोन गरेपछि...
पोखरा– आफु अपहरणमा परेको झुठो खबर प्रहरीलाई दिएर नाटक गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लेनदेनेको विषयलाई लिएर विपक्षीलाई फसाउनका लागि नाटक गरेको खुलेपछि पोखरा महानगरपालिका ११ फूलबारीका ४२ वर्षीय नारायणप्रसाद पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीका अनुसार पौडेलले ४ गते दिउँसोपख प्रहरीलाई फोन गरेर आफू अपहरणमा परेको बताएका थिए । ‘फोन पनि मलाई नै गरेको थियो,’ उनले भने, ‘मलाई फोन गरेर । सर, म अपहरणमा परे मलाई बचाउनुस् हजुर भन्दै बिलौना गर्न थाल्नुभयो ।’
डिएसपी केसीका अनुसार उनले फोन गर्दा मादक पदार्थ सेवन गरेका थिए । अपहरण परेको स्थानबारे सोधीखोजी गर्दा अपहरणकारी हिँडिसकेकोे बताउँदै उनले प्रहरी कार्यालयमा आउने समेत बताएका थिए । ‘आवाज पनि मादक पदार्थ सेवन गरेको जस्तै आएको थियो,’ उनले भने, ‘अनि अपहरणमा परेको स्थान कहाँ हो, तपाईं कहाँ हो ? हामी लिन आउनपर्छ भनेर सोध्यौ उनलेचाहि होइन अहिले अपहरणकारी गईसके म प्रहरी कार्यालय मै आउँछु भनेर फोन राख्नुभयो । तर, उहाँ त प्रहरी कार्यालय आउँछु भनेर रुपन्देहीतिर लाग्नुभएछ ।’
रुपन्देहीमा पुगेर पनि प्रहरीलाई उनले अपहरणमा पर्न लागेको भन्दै गुहार माग्न पुगेको उनले सुनाए । ‘यहाँको प्रहरी कार्यालय आउँछु भनेको मान्छे त भोलिपल्ट रुपन्देही प्रहरी कार्यालय पुग्नुभएछ । त्यहाँ पुगेर पनि आफु अपहरणमा पर्न लागेको कुरा दोहो¥याउनुभएछ,’ उनले भने, ‘मलाई भारततिर बोलाका छन् अपहरणकारीले भन्नुभएछ । त्यसपछि त्यहाँको प्रहरी कार्यालयबाट यस्तो यस्तो घटना भयो भनेर खबर पाएपछि आफन्तको जिम्मा लाएर पोखरा पठाइदिन भन्यौ । थप अनुसन्धान हामीले गर्छौं भनेर यहाँ पठाउन भन्यौ ।’
अनुसन्धान गर्दा जसले अपहरण गरेर रुपन्देही लग्यो भनिएको थियो, त्यो मान्छे उनी आफै रहेको खुल्नमा आएको उनले सुनाए । उनले भने, ‘त्यसपछि यसले नाटक गरेको भनेर खुल्नमा आयो । त्यसपछि नियन्त्रणमा लिएर । उसकै विरुद्दमा उल्टै मुद्दा पनि चलाएका छौं ।’ कानुनअनुसार उनलाई थप कारवाही प्रक्रिया अघि बढाउनने पनि उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण