बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की
एजेन्सी– बलिउड अभिनेता सलमान खानले मार्ने धम्की पाएका छन् । धम्कीको खबर फेसबुकमार्फत भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । पञ्जाब विश्वविद्यालयको विद्यार्थी संगठन ‘सोपू’ भित्रको एक समूहको फेसबुक पेजमा गैरी शूटर नामक युवकले सलमान खानको चित्रमा रातो क्रस लगाएर मार्ने धम्की दिएका छन् ।
यसअघि अपराधी नाइके लरेन्स बिश्नोईले पनि सलमान खानलाई ज्यान मार्ने धम्की दिएका थिए । धम्कीका कारण खानलाई पञ्जावको अदालतमा र बाटोमा पनि सुरक्षा दिइएको थियो थियो । आगामी डिसेम्बर २७मा सलमान खानलाई जिल्ला जोधपुर न्यायालयमा पेश हुनुपर्ने समय दिइएको छ ।
सीजेएम ग्रामिण अदालतले खानलाई पाचँ वर्षको जेल सजाय सुनाएपछि उनले अपिल गरेका थिए । सोही अपिलमा आगामी सेप्टेम्बर २७ मा सुनुवाई हुन लागेको हो ।
सलमान खानलाई मार्ने धम्की दिने पञ्जाब विश्वविद्यालयका युवकले फेसबुकमा लेखेका छन् ,‘सलमान खान तिमी भारतको कानुनबाट त बच्लाउ तर बिश्नोई समाज र सोपु पार्टीको कानुनले तिमीलाई सजाय सुनाइसकेको छ । सोपूको अदालतमा तिमी दोषी छौ सलमान ।’
यो पोस्ट भाइरल भएपछि प्रहरीले यस मामिलामा जाँच सुरु गरेको थियो । जोधपुर डीसीपी धर्मेन्द्र यादवले कुनै सेलिब्रेटीलाई अदालतमा पेश गर्ने बेला पूर्ण सुरक्षा दिने बताए । खासमा कांकाणी शिकारको मुद्दापछि सलमान खानलाई यसअघि पनि ज्यान मार्ने धम्की धेरैपटक आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण