कार्पाेरेट ब्याडमिन्टन टुर्नामेन्टमा कामना सेवाको जित
बुधबार, ०८ असोज २०७६, १८ : ५१
काठमाडौं– त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजित ‘अन्नपूर्ण पोष्ट कार्पाेरेट र एक्जिक्यूटिभ ओपन ब्याडमिन्टन टुर्नामेन्ट ’ मा कामना सेवा विकास बैंकले एकल र संयुक्त दुवैतर्फ जित हासिल गरेको छ ।
यहि असोज ६ देखि १२ सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा एकल तर्फ कामना सेवा विकास बैंकका दीप शाखाका शाखा प्रमुख विशाल खड्का र संयुक्त तर्फ विशाल खड्का एवं विश्वास नेपालले जित हासिल गरे ।
प्रतियोगिताका हाल सम्मका ६ वटै संस्करणमा विजेता रहेका विशालले फाइनलमा ज्योति विकास बैंकका विकास महर्जनलाई २१–१२ र २१–१३ को सजिलो सेटमा पराजित गर्न सफल भए । विजेता कर्मचारीलाई कामना सेवा विकास बैंकले केन्द्रिय कार्यालय ज्ञानेश्वरमा बधाई सहित सम्मान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिरफूल’ ७ असारमा प्रदर्शनमा आउने
-
लघुवित्तका कर्मचारीलाई तर्साउने धम्काउने नगर्न वित्तीय संगठनहरुको चेतावनी
-
एप्पलले घटायो आइफोनको मूल्य
-
छत्तीसगढमा पिकअप गाडी पल्टिँदा १८ जनाको मृत्यु
-
नेतान्याहु र हमासका शीर्ष नेताको नाममा पक्राउ पुर्जी जारी गर्न माग
-
तस्बिरमा हेर्नुहोस् पाटन क्षेत्रमा पूर्वराजाको धार्मिक यात्रा