मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई र जनतालाई गाभिन राष्ट्र बैंकले दियो सैद्धान्तिक स्वीकृति

बुधबार, ०८ असोज २०७६, २० : ०४
बुधबार, ०८ असोज २०७६

काठमाडौं– ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल एक आपसमा गाभिन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको छ । 

राष्ट्र बैंकले मौद्रिक नीति आउनु अगावै बैंकहरुलाई जोडी खोज्न दिएको निर्देशन अनुसार ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिन सहमत भएका थिए । 

सोही सहमतीको आधारमा राष्ट्र बैंक सञ्चालक समितिले सैद्धान्तिक स्वीकृति दिएको ग्लोबल आइएमई बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेश ढकालाले जानकारी दिए । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले बैंकहरुलाई बिग मर्जरमा जान आग्रह गरेका थिए । 

ग्लोबल र जनता बीच भएको सैद्धान्तिक सहमति अनुसार मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई नै रहने छ । सञ्चालक समितिमा ग्लोबलको पाँच जना र जनताको दुई जना रहने छन् । 

त्यसैगरी अध्यक्षमा चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका पर्शुराम क्षेत्री र ग्लोबलका महेश ढकाल नायब प्रमुख कार्यकारी अधिकृत रहने सहमति यस अघि नै भइसकेको छ । 

राष्ट्र बैंकले तीन महिनाको समय दिएकाले मंसिरसम्ममा यी दुई बैंक एक आपसमा गाभिएर कारोबार सुरु गर्ने ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश ढकालले बताए । 

ग्लोबल र जनता गभिएसँगै ग्लोबल आइएमई बैंक नेपालका बाणिज्य बैंकहरुमा सवैभन्दा ठूलो बैंक हुनेछ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप