‘छ माया छपक्कै’ पोस्टरमा दीपक र केकीको प्रेम
काडमाडौं – दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाएको फिल्म हो ‘छ माया छपक्कै’ । फिल्म २४ असोजबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचारमा पनि तिव्रता ल्याएको छ ।
यसै क्रममा निर्माण युनिटले फिल्मको केही पोष्टर एकसाथ बाहिर ल्याएको छ । दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल लगायतका कलाकारको रोमान्टिक तस्बिर पोष्टरमा समेट्दै बाहिर ल्याएको हो ।
राजनीतिक द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने प्रभावको बिषयमा बनेको फिल्मले ‘छक्का पन्जा’ भनदा फरक शैलीमा रहेको निर्माता कलाकार दीपकराज गिरीले बताए ।
दीपेन्द्र लामाको निर्देशन, दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारको अभिनय छ ।
रोहित अधिकारी निर्माता, केदार प्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक लामाले नै लेखेका हुन् ।
दीपकराज गिरीको पटकथा लेखन रहेको फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले मिलेर संवाद तयार पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश
-
रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
-
४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण