काभ्रेमा बस दुर्घटना, ११ जना घाइते
बिहीबार, ०९ असोज २०७६, १५ : ४०

काभ्रे– भुम्लु गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार मादन कुडारीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ६३८६ नम्बरको बस दुर्घटना भएको हो ।
बस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेको क्यामुनेचौर भन्ने स्थानमा भएको दुर्घटनामा ११ जना घाइते भएका हुन् । एसपी सापकोटाका अनुसार ६ जना गम्भीर घाइते भएका छन् । चौरीदेउराली गाउँपालिका वडा नं ५ निवासी जगतनाथ चौलागाई खुुट्टा भाँचिएको छ ।
सामान्य घाइतेहरुको दोलालघाटमा रहेको स्वास्थ केन्द्र र गम्भीर घाइतेलाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याएको सापकोटाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन