गाई काटेको आरोपमा तीन पक्राउ, करेन्ट लागेर एक जनाको मृत्यु
बाँके– गाई काटेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा–७ बढुवाको खेतमा बुधबार राति गाई काटेका तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् भने एकजना फरार रहेका छन् ।
राति गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरी टोली त्यसतर्फ गएको थियो । ‘प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु लगिसकिएको थियो’, इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाले भने । तीन जनाको घरबाट मासु बरामद गरिएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए।
तीन जनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको बताउँदै घटनास्थलमा गाईको टाउको र खुट्टा फेला परेको उनले जानकारी दिए । निरीक्षक थपलियाले पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने बताए । उनले फौजदारी संहिता, २०७४ को परिच्छेद २७ अनुसार कारवाही हुने बताए ।
सो परिच्छेदमा गाई÷गोरु मार्न वा कुट्न नहुने व्यवस्था गरिएको छ । यदि कसैले गाई÷गोरु मारेमा वा कुनै नियतले चोट पु¥याउने काम गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र अङ्गभङ्ग पारेमा छ महीनासम्म कैदको व्यवस्था छ । गाई÷गोरुलाई चोट पु¥याएमा रु ५० हजारसम्म जरिवाना र हत्या गरेमा कैद सजाय र जरिवाना दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
यसैबीच, ग्यारेजमा राखिएको गाडी मर्मत गर्ने क्रममा करेन्ट लागेर नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर कोहलपुर–१२ का अन्दाजी २८ वर्षीय ललित श्रेष्ठको मृत्यु भएको हो । ना ६ ख ५३६४ नम्बरको गाडीको चक्का निकालेर मर्मत गर्ने क्रममा नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छोइँदा श्रेष्ठलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण