पार्टी बलियो हुन भ्रातृ सङ्गठन मजबुत हुनुपर्छ : शेखर कोइराला
सिन्धुपाल्चोक – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीमा गुट उपगुट रहेसम्म पार्टी झनझन कमजोर हुँदै जाने बताएका छन्। उनले पार्टी नेतृत्वले गुट उपगुट हटाउन पहल गर्नुपर्ने बताए ।
प्रजातन्त्र सेनानी सङ्घ सिन्धुपाल्चोकद्वारा आज चौतारामा आयोजीत कार्यक्रममा नेता कोइरालाले पार्टी बलियो हुन भातृ सङ्गठन मजबुत हुनुपर्ने बताए । वर्तमान सरकारले प्रतिपक्षसँगको गहन छलफलबिना मिडिया काउन्सिल र राष्ट्रिय सुरक्षा तथा गुठीसम्बन्धी विवादास्पद विधेयक ल्याउन नहुने उनको भनाइ थियो ।
काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले देशलाई कमजोर अवस्थामा पु¥याएको आरोप लगाए । प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष टङ्क कँडेलले प्रजातन्त्र रक्षाका लागि काङ्ग्रेस क्रियाशील भएर लागेको बताए ।
कार्यक्रममा २००७ सालदेखि २०४६ सम्मको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ७० प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण