अमेरिकी राजदूत सक्रिय, भेटे देउवा र नेपाललाई
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ‘भाइचारा’ बनेसँगै नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन् ।
उनले बिहीबार प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गरेका छन् । त्यस क्रममा राजदूत बेरीले पछिल्लो राजनीतिक घटनाबारे छलफल गरेका छन् ।
देउवासँग भएको भेटमा राजदूत बेरीले नेपाल र चीनका कम्युनिष्ट पार्टीबीच बढ्दो सहकार्यबारे प्रतिपक्ष कत्तिको जानकार रहेको भनेर बुझ्न चाहेको विज्ञहरुको आँकलन छ । देउवा निकट नेताहरुले भने राजदूतसँग दुई देशबीचका सम्बन्धलाई थप मजबुद बनाउने विषयमा छलफल भएको बताएका छन् ।
राजदूत बेरीले देउवालाई बूढानीलकण्डस्थित निवासमा र नेपाललाई कोटेश्वरस्थित निवासमा भेटेका हुन् । भेटमा बेरीले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण, नकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सहकार्यबारे चासो राखेको स्रोतले बतायो । यो समाचार अन्नपूर्ण पोष्ट्मा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण