मन्त्री र सचिवको कामप्रति असन्तुष्ट प्रधानमन्त्रीले भने, तपाईंहरू किन चल्ते चलाते जस्तो ?
शुक्रबार, १० असोज २०७६, ०६ : ५८
प्रधानमन्त्री केपी शर्मा ओली अधिकांश मन्त्री र सचिवको कामप्रति असन्तुष्ट देखिएका छन् । उनले अधिकांशको काम ‘चल्ते चलाते’ जस्तो देखिएको भन्दै ‘हाई स्पिड’का साथ काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार सबै मन्त्रालयका मन्त्री र सचिवसँग गरेको समीक्षा बैठक र अनलाइन मोनिटरिङ व्रिफ्रिङ कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले लिएको लक्ष्य र उद्देश्यअनुरूप मन्त्री, सचिव र कर्मचारीले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘तपाईंहरू सबै कस्सिएर काम गर्नुको विकल्प छैन, चल्ते चलाते किसिमले काम गरेर मुलुकको विकास र समृद्धि हासिल गर्न सकिँदैन,’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई कडा निर्देशन दिँदै भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण