शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रमामा भएको थियो ‘विक्रम’ को हार्ड ल्याण्डिङ, नासाले जारी गर्‍यो नयाँ तस्बिर

शुक्रबार, १० असोज २०७६, १० : ३४
शुक्रबार, १० असोज २०७६

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले इसरोको चन्द्रयान – टु ल्याण्डिङ साइटका केही नयाँ र ‘हार्ड रिजोलुसन’ तस्बिर सार्वजनिक गरेको छ ।

नासाले यी तस्बिर आफ्नो वेबसाइट र सोसल मिडिया अकाउन्टमा सेयर गरेको छ ।

२६ सेप्टेम्बरमा यी तस्बिर ट्वीट गर्दै नासाले लेखेको छः

‘हामीले भारतको चन्द्रयान–टु को विक्रम ल्याण्डरको ल्याण्डिङ साइटका यी तस्बिर खिचेका छौं । तस्बिर अँध्यारोमा खिचिएको हो त्यसकारण ल्याण्डरको स्थितीबारे पत्ता लाग्न सकेको छैन । अक्टोबर महिनामा धेरै प्रकाश हुँदा थप तस्बिर लिइनेछ ।’

नासाले आफ्नो वेबसाइटमा दिएको जानकारी अनुसार चन्द्रयान–टु को विक्रम ल्याण्डरले सेप्टेम्बर ७ मा चन्द्रमाको सतहमा हार्ड ल्याण्डिङ गरेको थियो अर्थात् यो बेस्सरी ठोक्किएको थियो ।

विक्रमको लोकेशनबारे थाहा छैनः

यी तस्बिर ‘लूनर रिकन्सेन्स आर्बिरट क्यामरा’ बाट खिचिएको हो । यो क्यामरा १७ सेप्टेम्बरमा ल्याण्डिङ साइटको माथिल्लो भाग हुँदै गुज्रिएको थियो । तस्बिर केन्द्रभन्दा १५० किलोमिटर टाढाबाट लिइएको छ ।

नासाले अहिलेसम्म आफ्नो टिमले विक्रम ल्याण्डरको तस्बिर खिच्न वा उसको लेकेशनबारे पत्ता लगाउन सफल नभएको बताएको छ ।

वेबसाइटमा बताइए अनुसार जब यी तस्बिर खिचियो तब अँध्यारो थियो र विक्रम ल्याण्डर ठूल्ठूला छायाँमा कतै लुकेको हुनसक्ने आशंका गरेको छ ।

‘कहाँ ल्याण्ड भयो विक्रम, यो पनि थाहा छैन’

नासाले आफ्नो बयानमा यो पनि भनेको छ कि स्पेसक्राफ्ट कुन लोकेशनमा ल्याण्ड भयो अहिलेसम्म निश्चित रुपमा भन्न सकिँदैन ।

भारतको चन्द्रयान–टु विक्रम ल्याण्डर सेप्टेम्बर सातमा चन्द्रमाको सतहमा ल्याण्ड गर्नुथियो । चन्द्रमामा सफ्ट ल्याण्डिङ गर्ने भारतको यो पहिलो प्रयास थियो जुन सफल हुन सकेन ।

विक्रम ल्याण्डरले एक समथर धरातलमा ल्याण्डिङको कोसिस गरेको थियो तर यो आशा गरे अनुसार हुन सकेन र त्यसपछि इसरोसँग यसको सम्पर्क टुटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप