उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति तत्काल कार्यान्वयन गरौं: भवानी राणा
शुक्रबार, १० असोज २०७६, १६ : ०५
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । महासंघकी अध्यक्ष भवानी राणाले सरकारले चालू आर्थिक वर्षको बजेट तथा नीति, कार्यक्रममा उत्पादनमूलक उद्योगमा प्रोत्साहनको नीति लिने उल्लेख गरे पनि त्यसको कार्यान्वयन अझै हुन नसकेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरिन् ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वदेशी उद्योगलाई अघि बढाउन सरकारले आवश्यक वातावरण बनाउन नसकेको गुनासो पनि गरिन् । अध्यक्ष राणाले ललितपुर जिल्लालाई हस्तकला जिल्लाको रुपमा घोषणा गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।
अध्यक्ष राणाले ललितपुर जिल्लालाई हस्तकला जिल्लाको रुपमा घोषणा गर्न सके त्यसले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण