मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिद्धबाबा हेडबक्समा गुडिरहेको बसमाथी ढुंगा खस्दा ५ जना घाइते

शनिबार, ११ असोज २०७६, १८ : ४८
शनिबार, ११ असोज २०७६

बुटवल – सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा हेडबक्स नजिकै गुडिरहेको बसमा माथिबाट खसेको ढुंगाले लाग्दा चालकसहित ५ जना घाइते भएका छन् ।

शनिबार दिउँसो करिब १ : १५ बजे पाल्पाको तिनाउँ गाँउपालिका वडा नम्बर ३ हेडबक्समा पाल्पाबाट बुटवल आउँदै गरेको लु १ ख ६१८० नम्बरको बसमा माथिबाट खसेको ढुंगाले लागेर ५ जना घाइते भएको दोभान प्रहरी चौकीका प्रहरी निरीक्षक बाल बहादुर घर्ती मगरले जानकारी दिए ।

घाइते हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय बस चालक कमल राउत, बसमा सवार पाल्पाको तिनाउँ गाउँपालिका ६ का गाडी धनी ५२ वर्षीय टिकाराम भण्डारी, माथागढी गाँउपालिका ५ का २३ वर्षीय सन्तोष चौहान, स्याङ्जाको वालिङ नगरपालिका कि ३८ वर्षीया रोमादेवी डुम्रे र भारत नौतुनाकी २६ वर्षीया श्रीमाया साहानु रहेका छन् ।

बसमा २० जना यात्रु सवार रहेको बताइएको छ । बसमा सवार अन्य यात्रु सकुशल रहेका छन् । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप