शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ भित्रिएका खसीबोकाको परीक्षण अझै सुरु भएन

आइतबार, १२ असोज २०७६, ०६ : ३४
आइतबार, १२ असोज २०७६

काठमाडौं महानगरपालिकाले दशैंमा भित्रिएका खसीबोकालगायत चौपायाको चेकजाँच शुरू गरेको छैन। गतवर्ष घटस्थापनाको दिनबाट स्वास्थ्य परीक्षण शुरू गरेको कामपाले यो वर्ष त्यति आवश्यक नभएको भन्दै स्वास्थ्य परीक्षण नगरेको हो।

दशैंमा मात्र अनुगमन गर्ने परम्पराले गाँजेको महानगरपालिकाले अहिलेसम्म प्रतिफल आउन सक्ने गरी अनुगमन गर्नसकेको छैन।महानगरका कृषि विभाग प्रमुख हरि भण्डारीले दशैंमा राजधानी भित्रिएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने विषयमा कुनै निर्णय भइनसकेको जानकारी दिँदै भने– ‘गतवर्ष घटस्थापनाको दिनबाट खसीबोका बिक्रीस्थलमा स्वास्थ्य परीक्षण डेक्स राखेर अनुगमन गरेको महानगरले यो वर्ष सुरसारसमेत गर्नसकेको छैन।

तर फूलपातीको अघिल्लो दिनबाट स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको छ।’महानगर पहिलो चरणमा खसीबोका बिक्रीस्थल अनुगमन गर्ने तथा स्वास्थ्य परीक्षण डेक्स राखेर चौपायाको परीक्षण गरी सिङमा हरियो र रातो रंग लगाउने तयारीमा छ। यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप