उपसभामुखहरुको प्रश्न– अधिकारमा किन कन्जुस्याइँ ?
संघीय संसद्का दुवै सदन र सातै प्रदेशसभाका उपाध्यक्ष/उपसभामुखह अघिल्लो भदौमा राजधानीको चन्द्रागिरिमा भेला भए । सभामुखसहितको भेलामा उनीहरुले छुट्टै बैठकसमेत गरे ।
गत संसिर २९ ३० गते चितवनको सौराहामा सभामुख र उपसभामुखहरुको दोस्रो बैठक भयो । त्यहाँ पनि उपसभामुखहरुले छुट्टै बैठक गरे ।
गत भदौ ३ गते संघीय संसद्का उपाध्यक्ष/उपसभामुख तथा प्रदेशसभाका उपसभामुखले पनि ‘भिडियोे कन्फेरेन्स’ गरे । पछिल्लो पटक गत मंगलबार उनीहरुले राजधानीमा बैठक गरे र आफ्ना भूमिका र गुनासा थप उजागर गरे ।
राष्ट्रियसभा उपाध्यक्ष र प्रतिनिधिसभा तथा सातै प्रदेशसभाका उपसभामुख महिला हुन् । उनीहरुले एक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी चार पटक बैठक गरे । ती बैठकमा उनीहरुले घुमाउरो ढंगले आफूहरुलाई लैंगिक आधारमा हेपिएको आशय व्यक्त गरे । आफ्नो भूमिकाबारे संविधानमै प्रस्ट हुँदाहुँदै उनीहरुले किन सामूहिक आवाज उठाइरहेका छन् ?
उनीहरुले संविधानको प्रावधानविपरित संसद् नियमावली बनाइएका उसन्तुष्टि व्यक्त गर्दै आएका छन् । यो समाचार कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण