शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाललाई जलमार्ग प्रयोगको बाटो खुल्यो, भारतसँग भयो यस्तो सहमती

आइतबार, १२ असोज २०७६, ०६ : ५८
आइतबार, १२ असोज २०७६

नेपाल–भारत वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन समितिको वैठकमा जनमार्गको एलओईमा भारत सहमत भएको छ । बैठकमा पारवहन व्यापारका सम्बन्धमा पनि छलफल भएको थियो ।

बैठकमा भारतीय पक्षले गंगा जलमार्गमा नेपाली पानी जहाज चलाउनेसम्बन्धी लेटर आफ एक्सचेन्जमा (एलओई)मा पनि सहमति जनाएको स्रोतले जनाएको छ । 

नेपाल–भारतबीचको पारवाहन सन्धिमा जलमार्गसम्बन्धी व्यवस्था समावेश नगरिएसम्म नेपाल नेपालले भारतले यसअघि नै सञ्चालनमा ल्याइसकेको उक्त जलमार्ग तेस्रो मुलुक व्यापारका लागि प्रयोग पाइँदैन । 

उक्त एलओईको मस्यौदा नेपालले यसअघि नै भारतलाई बुझाएको थियो । एलओईमा भारतले सहमति जनाएपछि जनाएपछि नेपालले जलमार्ग प्रयोगको बाटो खुलेको छ । यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप