कर्णालीमा मन्त्री छान्न सकस, सांसदहरुको दौडधुप
नेकपा गठनपूर्व कर्णालीको मुख्यमन्त्रीमा चारजना आकांक्षी थिए । तत्कालीन एमालेबाट यामलाल कँडेल र प्रकाश ज्वाला तथा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी ।
आकांक्षीमध्ये शाही मुख्यमन्त्री भए भने ज्वाला र भण्डारी मन्त्री बने । कँडेल मन्त्री बनेन्, बरु आफ्नो तर्फबाट दल रावल, नन्दसिंह बुढा र खड्कबहादुर खत्रीलाई मन्त्री बनाउन सफल भए ।
खत्रीलाई भौतिक पूर्वाधार विकासमन्त्री बनाएको आक्रोशमा कँडेल समूहमै रहेका मुगुका चन्द्रबहादुर शाहीले ‘आर्थिक लेनदेनमा मन्त्री पद किनबेच भएको’ भन्दै सांसदबाट राजीनामा दिए ।
पार्टीले ‘गल्ती सच्याउने’ मौखिक प्रतिबद्धता व्यक्त गरेपछि उनले राजीनामा फिर्ता लिए । करिब एक महिनाअघि ठेकेदारसमेत रहेका मन्त्री खत्री पदमुक्त भएपछि उक्त महत्वपूर्ण मन्त्रालयमा सबैका आँखा गडेका छन् ।
तत्कालीन अवस्थामा गरिएको भागबन्डाअनुसार कँडेलले रोजेको मान्छेले पाउँछ वा नेकपा निर्माण भइसकेको अवस्थामा नयाँ राजनीतिक समीकरणअनुसार पदीय जिम्मेवारी दिइन्छ, नेकपाभित्र चासोको विषय बनेको छ ।
मन्त्रीपद हात पार्न सांसदहरुको दौडधुप पनि निकै चलेको छ । यो समाचार कान्तिपुर दैनिकमा कलेन्द्र सेजुवालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण