अनुपस्थित सांसदको पद जोगाइदिँदै सभामुख
आइतबार, १२ असोज २०७६, ०७ : ५२
संसद्को बर्खे अधिवेशन अवधिमा लगातार दस दिनभन्दा बढी १५ जना सांसद अनुपस्थित भएका छन् । संविधानको धारा ८९ को खण्ड (घ) मा कुनै पनि संघीय संसद् को सदस्य सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा संसद् सदस्यता रिक्त हुने उल्लेख छ ।
तर, बिना सूचना लामो समय अनुपस्थित हुने सांंसदलाई पनि अहिलेसम्म कुनै कारबाही भएको छैन ।
जिल्ला भ्रमण, विदेश भ्रमण घरायसी काममा व्यस्त रहेकाले उपस्थित हुन नसकेको भन्ने जानकारी दिएको भन्दै उनीहरुको अनुपस्थितीलाई सदर गरेको छ ।
तर प्रायः सांसद संसद्लाई बेवास्ता गर्ने गरेकै कारण अनुपस्थित हुने गरेको पाइएको छ । गत असोज २ गतेको संसद् बैठकमा पनि सभामुख कृष्णबहादुर महराले लगातार दस दिनभन्दा बढी अनुपस्थित हुने १५ जना सांसदको बिदा स्वीकृत गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण