मेस्सीविनै बार्सिलोनाको सहज जित
साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा १० खेलाडीमा समेटिएर पनि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–० गोलले हरायो ।
टोलीका कप्तान लियोनल मेस्सी र युवा स्टार अन्सु फातीविनै खेलेको बार्सिलोनाको जितमा लुईस स्वारेज र जुनियर फिर्पोले गोल गरेका थिए । मेस्सी र फातीलाई चोटका कारण टोलीमा समावेश नगरिएको हो । ४१औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अगाडी बढाए । ४९औं मिनेटमा फिर्पोले गोलगर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए ।
८२औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले दोहोरो पहेंलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । तरपनि गेटाफेले गोल गर्न नसक्दा बार्सिलोना सजिलै विजयी भयो । जितसँगै बार्सिलोनाले सात खेलबाट १३ अंक जोडेको छ । बार्सिलोना चौथो स्थानमा छ । सात अंक बनाएको गेटाफे ११औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण