गुल्मीमा एक व्यक्तिको कुटीकुटी हत्या, अभियोगी पक्राउ
आइतबार, १२ असोज २०७६, १० : २७
बुटवल । गुल्मीमा एक जना बृद्धले एक व्यक्तिको कुटेर हत्या गरेका छन् ।
जिल्लाको कालगण्डकी गाउँपालिका वडा नम्वर–६ का ६४ वर्षीय दुर्गादत्त ढकालको स्थानिय ४४ बर्षीय टोपबहादुर सार्कीले शनिबार साँझ कुटेर हत्या गरेका हुन् ।
जिल्ला प्रहरी प्रवक्ता मिनबहादुर घलेले हत्या अभियोगी सार्कीलाई गत राती १ बजेको समयमा पक्राउ गरी हिरासतमा लिएको जानकारी दिए । प्रहरीका अनुसार व्यक्तिगत रिसइवीका कारण हत्या भएको हो ।
कुटपिटपछि घाइते भएका ढकाललाई उपचारका लागि स्थानिय स्वास्थ्यचौकीमा लैजाने क्रममा मृत्यु भएको डिएसपी घलेले बताए ।
अहिले विहान प्रहरीको टोली घटना स्थलमा आई पुगेको र मुचुल्का तयार पारेको स्थानिय अजुन ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण