साजिद खान यौन शोषणको आरोपबाट मुक्त भए उनीसँग पक्कै काम गर्नेछुः अक्षय कुमार
अक्षय कुमारले यदि निर्देशक साजिद खान मिटुको आरोपबाट मुक्त भए आफू भविष्यमा निश्चित रुपमा उनीसँग काम गर्ने बताएका छन् । उनले शुक्रबार फिल्म ‘हाउसफुल ४’ को ट्रेलर लञ्चका क्रममा यस्तो बताएका हुन् ।
वास्तवमा साजिदले यो फ्रेन्चाइजीको पहिलो दुई फिल्म निर्देशन गरेका थिए । चौथोमा पनि उनी काम सुरु गरिसकेका थिए । तर पछिल्लो वर्ष जब अहाना कुमरासमेत थुप्रै महिलाले उनीमाथि यौन शोषणको आरोप लगाएपछि उनको सट्टा फरहाद सामजीलाई राखियो ।
मलाई थाहा छैन, उनको केस कहाँ पुग्यो ?
अक्षयले शुक्रबार ट्रेलर लञ्चको क्रममा साजिदमाथिको आफ्नो बयानमा भने, ‘मलाई थाहा छैन आखिर उनको मुद्दा कहाँ पुग्यो । तर यदि सबैकुरा ठिक भए र उनी आरोपमुक्त भए म निश्चित रुपमा भविष्यमा उनीसँग काम गर्नेछु ।’
अक्षयले साजिदको निर्देशनमा ‘हाउसफुल’ का सुरुका दुई भागबाहेक सन् २००७ मा रिलिज भएको ‘हे बेबी’ मा पनि काम गरेका थिए । तीनै फिल्म बक्स अफिसमा हिट भएको थियो ।
६० प्रतिशत ‘हाउसफुल ४’ साजिदको निर्देशनमा सुट भयोः
विभिन्न रिपोर्टमा दाबी गरिए अनुसार जब साजिदलाई ‘हाउसफुल ४’ मा फरहादले रिप्लेस गर्दा फिल्मको ६० प्रतिशत सुटिङ समाप्त भइसकेको थियो । ट्रेलर लञ्चमा जब अक्षयलाई यदि यो साँचो हो भने उनलाई फिल्ममा क्रेडिट किन नदिने भनेर प्रश्न सोधियो । यसको जवाफमा उनले भने, ‘यो साँचो हो कि फिल्मको ६० प्रतिशत सुटिङ भइसकेको थियो । तर उनलाई क्रेडिट नदिने निर्णय स्टुडियो (फक्स स्टार) को हो ।’
मिटुपछि उद्योगमा ठूलो परिवर्तन आयोः
बलिउडमा मिटु अभियान सुरु भएको एक वर्ष पुरा भएको छ । जब अक्षयसँग यो समयमा फिल्म इन्डष्ट्रिमा कस्ता परिवर्तन आए भनेर सोध्दा जवाफमा उनले भने, ‘निकै धेरै परिवर्तन आइसकेको छ । मैले चिन्ने प्रत्येक प्रोडक्सन कम्पनीमा यौन हिंसासँग जुध्नका लागि अब अफिसर नियुक्त गरिएका छन् । उनीहरुले केही गलत नहोस् भनेर सुनिश्चित गर्छन् । उनीहरु सबै कुरा सुन्छन् र हरेक कुराबाट अवगत हुन्छन् । त्यहाँ अब निकै सुरक्षा छ । हामी आफ्नो कम्पनी र फिल्म सेटमा कुनै प्रकारको दुर्व्यवहार चाहँदैनौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण