लुम्बिनी प्रादेशिक अस्पतालमा १८ करोडको डाइग्नेष्टिक भवन
बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा नयाँ डाइग्नेष्टिक भवन बन्ने भएको छ । ५ नम्बर प्रदेश सरकार समाजिक विकास मन्त्रालयको १८ करोड लागनिमा भवन बन्न लागेको हो । भवनको आइतबार शिल्यान्यास भएको छ । सामाजिक विकासमन्त्री सुदर्शन बरालले भवनको शिल्यान्यास गरेका हुन् ।
१ सय ९ बर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पतालमा भवन नहुँदा डाइग्नेष्टिक सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । नयाँ भवन बनेपछि स्तरीय सेवा पाउने विश्वास लिएको अस्पतालका सुपरिटेण्डेन डा.कृष्ण खनालले बताए । टेन्डर प्रकृयाबाट १७ करोड ७८ लाख ७८ हजारको लागतमा डाँफे निर्माण सेवा प्रालिले भवन निर्माणको जिम्मा पाएको छ । जसअनुसार नयाँ भवन ५ तले हुनेछ । भवनको अहिले अन्डर ग्राउन्ड १ तला र माथि एकतला गरी २ तले २ बर्षभित्र बन्ने सम्झौतामा उल्लेख छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक १५ सय जना सेवा लिने गरेका छन् । रुपन्देही,नवलपरासी,कपिलबस्तु,गुल्मी,अर्घाखाँची, प्युठान,रोल्पा,दाङ,स्याङ्गजा जिल्लाका बिरामीहरु उपचार लिन बुटवल जाने गर्दछन् । अस्पतालमा ९८ जना चिकित्सकसहित ५ सय ३० जना कर्मचारी छन् । दुई सय ५० बेड सञ्चालनमा रहेका छन् । अस्पतालमा सबै भन्दा ठुलो चूनौती भौतिक पूर्वधारमा रुपमा मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण