पार्किङ गरी राखेको माइक्रोबस तोडफोड गर्ने २ जना पक्राउ
सोमबार, १३ असोज २०७६, १३ : ०८
काठमाडौं- काठमाडौं महानगरपालिका ३१ शंखमुलमा पार्किङ गरी राखेको बा ४ ख २०५६ नम्बरको हाईस माइक्रोबस तोडफोड गर्ने कार्यमा संलग्न २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने गोरखा मैलुङ गाउँपालिका ८ घर भएका २२ वर्षीय निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारी घर भएका २२ वर्षीय हिमाल खड्का रहेका छन् ।
मादक पदार्थ सेवन गरेका उनीहरुले उक्त माइक्रोबस तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । तोडफोडबा माईक्रो बसको अगाडी र दाहिने साईडको शिशा क्षति भएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण