शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चिनियाँ राष्ट्रपतिलाई ‘जेड’ तहको सुरक्षा तयारी

मङ्गलबार, १४ असोज २०७६, ०७ : २७
मङ्गलबार, १४ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणमा आउने पक्का भएसँगै सरकारले उनको सुरक्षाका लागि आवश्यक तयारी थालेको छ। 

प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय उनलाई ‘जेड’ तहको सुरक्षा दिने तयारीमा जुटेको जनाइएको छ। अति विशिष्ट व्यक्तिलाई प्रदान गरिने सुरक्षालाई ‘जेड’ तहको सुरक्षा भनिन्छ।

‘विश्वमा सबै मुलुकले अति विशिष्ट व्यक्तिका लागि जेड तहको सुरक्षा व्यवस्था अपनाउँछन्। त्यसका लागि सेना नै प्रत्यक्ष रूपमा सहभागी हुने गर्छ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘राष्ट्रपति फिङको सुरक्षामा नेपाली सेनाले नेतृत्व गर्नेछ र उसले नै अन्य सुरक्षा निकायसँग समन्वय गर्नेछ।’ 

मन्त्रालय स्रोतका अनुसार अक्टुबर ११ देखि १४ सम्म जुनसुकै दिन राष्ट्रपति फिङको भ्रमण हुन सक्ने भन्दै सरकारले तयारी थाल्न र विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो। ‘अक्टुबर १२ मै भ्रमण हुन सक्छ,’ मन्त्रालय स्रोतले भन्यो। यो समाचार आजको नागरिक दैनिकमा  टपेन्द्र कार्कीले लेखेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप