सभामुख पदबाट अलग बसी छानविनमा सहयोग गर्नुपर्छ : गगन थापा
बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले एक महिलालाई बलात्कार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई पदबाट अलग भएर छानविनमा सहयोग गर्न सुझाव दिएका छन् ।
मंगलबार विहान प्रदेश ५ रिर्पोटर्स क्लब बुटवलले गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै नेता थापाले सञ्चारमाध्यममा आएको विषय गम्भीर भएको बताउँदै छानविनमा सहयोग गर्न सभामुखले पद भन्दा बाहिर बस्नुपर्ने सुझाव दिएका हुन् ।
नेता थापाले सभामुखमाथि लगाइएको आरोपले आफू प्रतिनिधी सभाको सदस्यका हैसियतले स्तब्ध भएको समेत बताए ।
सभामुखजस्तो गरिमामय पदमा रहेका महरामाथिको यो आरोप देश कै प्रतिष्ठासँग जोडिएकोले घटनाको गम्भीर छानविन हुनु पर्ने नेता थापाको धारणा थियो ।
‘यो केसलाई ढिसमिस पार्ने प्रयास नहोस,’ नेता थापाले भने, ‘गहिराइमा गएर छानविन गरिनुपर्छ र सभामुखमाथि लागेको आरोप पुष्टि भए सामन्य नागरिकलाई हुने कारवाही उहाँलाई हुनुपर्छ ।’
यदि महिलाले गलत आरोप भए उनलाई पनि कारवाही गर्नुपर्ने माग राखे ।
फरक प्रसङ्गमा नेता थापा नेपाली काँग्रेस भातृसंगठनको म्याद थपिएको र अब छिटै भातृसंगठन विवाद मिलाउने र प्रदेश जिम्मेवारी तोकिने बताए ।
हिजो गुल्मीको हाडहाडेमा नेपाली काँग्रेसले आयोजना गरेको एक कार्यक्रममा सहभागी भएर थापा बुटवल आइपुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण