साझा पार्टीले माग्यो सभामुख महराको राजीनामा
बलात्कारको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन साझा पार्टीले माग गरेको छ ।
बलात्कारको आरोपप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको भएको बताउँदै साझा पार्टीले हालसम्म प्राप्त सूचना र आरोपको गम्भीरतालाई हेर्दा सभामूख महरालाई तुरून्त राजीनामा दिन माग गरेको हो ।
पार्टी प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने छ । साथै, यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ ।’
पार्टीले छानविन पश्चात दोषीलाई प्रचलित कानून बमोजिम सजायको माग पनि गरेको छ ।
‘देशभरी बढ्दै गरेको महिल हिंसा र बलात्कारका घटनाहरूमा सरकार अझ कडाईका साथ पेश हुनु पर्नेमा सभामूखजस्तो गरिमामय पदमा आसीन व्यक्तिमाथि नै यस्तो आरोप लाग्नुले आम नागरिकमा कस्तो सन्देश जाला ?,’ विज्ञप्तिमा भनिएको छ ।
अहिले राज्यव्यवस्थाप्रति नागरिकको अविश्वास, आक्रोस र असंतुष्टि चरम सिमामा पुगेको बताउँदै पार्टीले दुई तिहाइ बहुमतसहितको स्थिर सरकारले मुलुक र नागरिकका आधारभूत समस्याहरु समाधान गर्नेछ भन्ने नागरिकको अपेक्षा घोर निरासा र अविश्वासमा रुपान्तरण भएको जिकिर गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अत्यन्त मर्यादित पदमा आसिन व्यक्ति यसरी गंभिर आरोपमा मुछिएर विवादित हुनु भनेको लोकतान्त्रिक व्यवस्था, वर्तमान सरकार र राज्यव्यवस्थाका मर्यादित संस्थाहरु समेत विवादित हुनु हो ।’
यसले सम्बन्धित व्यक्तिको निष्ठा, कर्तव्य र आचरणमा दीर्घकालीन प्रभाव पार्ने र व्यक्तिसँग जोडिएका लोकतान्त्रिक संस्थाहरुको विश्वसनीयता र मर्यादामाथि समेत गम्भीर आशंका र अविश्वास जन्माउने र नागरिकको आक्रोशलाई बढाउने ठहर पनि पार्टीले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण