रातोपाटी समाचार प्रभावः बिरामी दिलबहादुर वीर अस्पतालबाट छुटे
मङ्गलबार, १४ असोज २०७६, १९ : ११
काठमाडौं– वीर अस्पतालमा उपचाररत सिन्धुपाल्चोकका ५२ वर्षीय दिलबहादुर सिलवाल मंगलवार डिस्चार्ज भएका छन् । सिलवाललाई वीर अस्पतालले ४० हजार रुपैँया छुट दिएर डिस्चार्ज गरिदिएको बुहारी भावना सिलवालले बताइन् ।
पाँच सातायता निमोनियाको उपचार गर्ने क्रममा ५१ हजार तिर्न नसक्दा डिस्चार्ज भएका थिएनन् । छोरा रविनका अनुसार बुवा दिलबहादुरलाई निमोनिया शरीर भरी फैलिएर मिर्गौलामा असर देखिएको थियो । बुवालाई उपचारको क्रममा आईसीयू र भेन्टिलेटरमा लामो समय राख्दा ५ लाखभन्दा बढि खर्च गरे पनि बाँकी ५१ हजार तिर्न नसक्दा समस्यामा परेका थिए ।
अस्पतालले ४० हजार मिनाह गरी दिएपछाडि ११ हजारको विल तिरेर बुवालाई निकालेको रविनले बताए । यसअघि सिलवालको विषयमा रातोपाटीले समाचार समेत प्रकाशित गरेको थियो ।
यो पनि पढ्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण