रातोपाटी समाचार प्रभावः बिरामी दिलबहादुर वीर अस्पतालबाट छुटे
मङ्गलबार, १४ असोज २०७६, १९ : ११
काठमाडौं– वीर अस्पतालमा उपचाररत सिन्धुपाल्चोकका ५२ वर्षीय दिलबहादुर सिलवाल मंगलवार डिस्चार्ज भएका छन् । सिलवाललाई वीर अस्पतालले ४० हजार रुपैँया छुट दिएर डिस्चार्ज गरिदिएको बुहारी भावना सिलवालले बताइन् ।
पाँच सातायता निमोनियाको उपचार गर्ने क्रममा ५१ हजार तिर्न नसक्दा डिस्चार्ज भएका थिएनन् । छोरा रविनका अनुसार बुवा दिलबहादुरलाई निमोनिया शरीर भरी फैलिएर मिर्गौलामा असर देखिएको थियो । बुवालाई उपचारको क्रममा आईसीयू र भेन्टिलेटरमा लामो समय राख्दा ५ लाखभन्दा बढि खर्च गरे पनि बाँकी ५१ हजार तिर्न नसक्दा समस्यामा परेका थिए ।
अस्पतालले ४० हजार मिनाह गरी दिएपछाडि ११ हजारको विल तिरेर बुवालाई निकालेको रविनले बताए । यसअघि सिलवालको विषयमा रातोपाटीले समाचार समेत प्रकाशित गरेको थियो ।
यो पनि पढ्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्ले–अफ चरणमा पुग्न आतुर गुजरातलाई पहिलोपटक उसैको घरमा हराउने धुनमा हैदराबाद
-
‘मकवानपुर महिला गोल्डकप’ आजदेखि, उद्घाटन खेलमा मकवानपुर र चितवन भिड्ने
-
कृषि अनुसन्धान : मनहरीमा चैतेधान परीक्षण
-
विद्यार्थीले देखाए कथा मार्फत समाजको ऐना
-
बजेट कार्यान्वयन : कर्णाली किन सधैँ कमजोर ?
-
उपप्रधानमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबिच भेटवार्ता