इराकमा सरकार विरोधी प्रदर्शन, १ जनाको मृत्यु, २ सय बढी घाइते
एजेन्सी– आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरी भएको विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु हुनको साथै अन्य २ सय व्यक्ति घाइते भएका इराक प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।
इराकी सरकारले देशभरी भएको विरोध प्रदर्शनको साथसाथै जारी हिंसाको निन्दा गरेको गृह र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा जनाइएको छ । सर्वसाधारणको ती मागहरुको सही र विषयवस्तु रुपमा ल्याउने र शान्तिको प्रदर्शनलाई हटाउने उद्देश्यले दंगाकारीहरूको एउटा समूहले उक्साएको बताइएको छ ।
जारी यस हिंसामा परी एक प्रदर्शनकारी मारिनुको साथै २ सय अन्य घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ । घाइते भएका २ सय व्यक्तिहरुमा ४० जना सुरक्षा अधिकारी रहेका बताइएको छ । ‘हामी अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तको साथैमा उभिएका छौं जुन इराकी संविधानमा उल्लेख गरिएको छ । हामी सबै नागरिकलाई शान्त र संयम गर्न आग्रह गर्दछौं, हामी सुरक्षा सेवाहरु आफ्नो सुरक्षाको सुनिश्चितताका लागि आफ्नो कर्तव्य निरन्तर निरन्तरता दिनेछौं भन्ने कुराको पुष्टि गर्दछौ ’ प्रदर्शनकारीहरुले बताएका छन् ।
घाइतेमध्ये धेरैले प्राथमिक उपचारपछि घर फर्किएका र बाँकी ५० जना घाइतेहरुले अझै अस्पतालमा उपचार जारी रहेको विज्ञप्तिमा थप जानकारी दिएको छ । मङ्गलबार अपराह्न सयौं इराकी प्रदर्शनकारीहरू बग्दादको केन्द्रमा रहेको तहरीर स्क्वायरमा भेला भएर विद्युत, सफा पानी र रोजगारीको अवसरको अभावसहित आधारभूत सेवाहरूमा सुधार नभएको भनि विरोघ प्रर्दशन गरेका थिए ।
सुरक्षाकर्मी र दंगा प्रहरीले आन्दोलनकारीहरूलाई तितरवितर पार्नको लागि अश्रुग्याँस, पानीको फोहरा र गोलाबारुद चलाएपछि एक प्रदर्शनकारीको मृत्यु भएको थियो । प्रदर्शनकारीहरूले टायरहरू जलाउनुको साथै र नजिकैको सडकहरू अवरुद्ध गरेका थिए । –सिन्ह्वा/photo: AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?
-
मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार, तीन राज्यमन्त्री
-
मातृभूमि जोगाउन ‘भृकुटी’ले दिएको सन्देश
-
मधेशी एकता समाजले कतारमा मनायो नयाँ वर्ष र बकर ईद
-
विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: देउवा
-
मर्मत नभएर अधिकांश कृषि मेसिन प्रयोगविहीन, जनशक्ति उत्पादनमा जोड दिइँदै (भिडियो)